मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ८ शुक्रबार o७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहुलियत दिएर व्यापार गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार o७:४८:oo

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलमा मन्त्री खाँणले कोरोना भाइरसका कारण जनजीवन प्रभावित बनेकाले आमनागरिकको क्रयशक्ति कमजोर भएको बताए । बैठकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विषम परिस्थितिमा पनि व्यवसाय गरेर उपभोक्तालाई सेवा दिइरहेको बताए ।

उनले नागरिकप्रति उत्तरदायित्व भएर व्यवसाय गर्ने जानकारी दिँदै अनुगमनका नाममा दुःख नदिन आग्रह गरेका थिए । त्यस्तै, चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अनुगमनका नाममा  व्यवसायीलाई निरुत्साहित गर्न नहुने धारणा राखेका थिए ।