मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार २१:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको राजनीतिक प्रतिवेदन : पाँचदलीय गठबन्धन स्थानीय तहसम्म विस्तार, कम्तीमा निर्वाचनसम्म कायम (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार २१:१२:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेता नेपालले स्थानीय तहसम्म गठबन्धन पुर्याउनुपर्नेमा जोड दिएका छन् । 

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ । अर्को वाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन् ।’

वाम लोकतान्त्रिक समिकरणमा सामेल राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए पनि लोकतन्त्रको रक्षा गर्ने र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर मोर्चाबन्दी गरी सहकार्य गरिरहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘यस मोर्चाबन्दी र सहकार्यलाई कम्तीमा पनि प्रतिनिधिसभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने साथै स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता छ । अब हामी संघीय तथा प्रदेश सरकारहरूमा पनि सामेल हुनेछौँ र त्यहाँबाट जनताको सेवा गर्ने प्रयास गर्नेछौँ । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय, समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिनेछौँ । हामी अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र अपारदर्शी प्रवृत्तिको सख्त विरोधी रहनेछौँ र नियमितता, सुशासन, शान्ति सुव्यवस्था, चुस्तदुरुस्तता, शीघ्रता, पारदर्शीता आदिमा पूर्ण प्रतिबद्ध रही यी मान्यताहरूलाई व्यवहारमा उतार्न पूर्ण इमानदारिताका साथ लागिपर्नेछौँ ।’
पूर्ण पाठ