मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार २०:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्ता गठबन्धनमा सर्वसम्मत निर्णय :  नारायण खड्का परराष्ट्रमन्त्री, शपथ भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार २०:३१:००

सत्तागठबन्धनको बैठकमा कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कूटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार खड्काले भोलि शपथ लिनेछन् । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीचको भेटपछि गठबन्धन दलको बैठक बसेको हो । बैठकमा राष्ट्रिय जनमोर्चा भने उपस्थित भएको थिएन । जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।