मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेर्दाहेर्दैमा राखिएको ओलीको रिटमाथि सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार १o:४१:oo

सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुने जनाएको छ। सोमबार सुनुवाइ नसकिएपछि मुद्दामाथि न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ।

दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ।

 सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई सोमबार उपस्थित हुन पेसी तोकेको थियो।