१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार o६:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रारमा नेपाल बंगलादेश क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार o६:१o:oo

तेह्रथुम पावर कम्पनी लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका निमित्त सेयर रजिस्ट्रारका रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र क्यापिटलका नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् ।  

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्कासन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पुँजी ४० करोड पूर्ण भइसकेको जनाइएको छ ।

चुक्ता पुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात् २८ करोड रकम संस्थापकहरूबाट र बाँकी ३० प्रतिशत अर्थात् १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासमेत) नेपाली नागरिकहरूबाट सेयर बिक्री गरी उठाइएको कम्पनीले जनाएको छ ।