मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ४ सोमबार १३:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीको मोटरसाइकल र स्कुटरसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ४ सोमबार १३:२१:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकल र स्कुटरसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्‍वर नगरपालिका– ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्दै आएका २४ वर्षीय तेजबहादुर खड्कालाई पक्राउ गरेको हो।

विशेष सुराकीको आधारमा पक्राउ परेका उनले मोटरसाइकलको नम्बर प्लेटसमेत परिवर्तन गरेको पाइएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको छ ।