१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ४ सोमबार ०९:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस प्रवक्ता शर्माको प्रस्ताव : एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री

Read Time : < 1 मिनेट
२०७८ असोज ४ सोमबार ०९:०१:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटै व्यक्तिलाई धेरै समयसम्म सरकारको नेतृत्वमा पुग्न पाउने अवस्थाबाट रोक्न नयाँ नीति आवश्यक रहेको बताएका छन् । नेपालको राजनीतिलाई भरपर्दो र विश्वासयोग्य बनाउन अब एकपटक मात्र राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक मात्र सांसद बन्न पाउने गरी नीति बन्न आवश्यक रहेको भन्दै यस्तो प्रस्ताव गरेका छन् ।

गत २४ भदौमा कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका शर्माले आइतबार गृहजिल्ला झापाको बिर्तामोडमा अवधारणापत्र सार्वजनिक गर्दै देशमा निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै यसलाई नियन्त्रण आवश्यक जरुरी रहेको बताए । ‘एउटा व्यक्ति निर्वाचन उठ्दै गर्दा उसले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण र वास्तविक खर्च फरक हुन्छ । कुनै पारदर्शी खर्च छैन, केका लागि खर्च ? किन खर्च ? कसले गराउँदै छ खर्च ?’ उनले भने, ‘मिहिनेत गरेर । इमानको अन्न खाएर दाताकोमा ढोग्दै–ढोग्दै पैसा माग्न जानेले निर्वाचल लड्न पाउने कि नपाउने ?’ 

शर्माले विभेद गर्ने राजनीतिकर्मीलाई पार्टीको ढोका बन्द गर्नुपर्ने बताएका छन् । बालश्रम शोषण, माहिलामाथि हिंसा, जातीय विभेदसँगै सबै प्रकारका विभेद गर्नेलाई सबै पार्टीले उसका लागि ढोका बन्द गर्नुपर्ने शर्माले बताएका हुन् ।

‘राजनीतिमा रूपान्तरण जरुरी छ भने राजनीतिमा परिवर्तनको एउटा पाटो महिलामाथि हिंसा, बालश्रम शोषण, जातीय विभेद गर्छ भने त्यसलाई कांग्रेस–कम्युनिस्ट सबैले पार्टीमा ढोका बन्द गर्नुपर्छ,’ आइतबार अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले भने, ‘कसैलाई पनि अपमान व्यवहार गर्न पाइँदैन । हामीले विद्रोही उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारबाही गर्छौँ । त्यहाँसम्म ठिक छ । तर, जसले सामाजिक विसंगति गर्छ उसलाई राजनीतिबाट बाहिर निकालिएन भने समाज परिवर्तनको राजनीतिक आन्दोलन सफल हुँदैन ।’