१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार २०:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने प्रस्ताव, ७० वर्षे उमेरहद पनि राखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार २०:०२:००

एमाले अध्यक्षसहित सबै पदाधिकारी निर्वाचित हुने पुरानो व्यवस्थामै फर्किने भएको छ । यसअघि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी अध्यक्षले मनोनीत गर्ने निर्णय एमालेले गरेको थियो । 

आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले तयार पारेको विधानको मस्यौदा प्रस्तुत गरिएको छ ।  अघिल्लो निर्णयको पार्टीभित्रै आलोचना भएपछि एमाले पुरानै व्यवस्थामा फर्किन लागेको हो । 

सदस्यहरूले अध्ययन गरेपछि विधान मस्यौदा स्थायी कमिटीबाट पारित हुने एमालेले जनाएको छ । एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्षे उमेरहदको व्यवस्था पनि कायमै राख्ने भएको छ ।