१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Wednesday, 02 July, 2025
२o७८ असोज ३ आइतबार १८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५० लाख नदिए जबर्जस्ती करणीको मुद्दा दर्ता गर्ने धम्की दिने तीन महिला पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ३ आइतबार १८:१o:oo

दाङमा ‘हनिट्रयाप’मा पारेर पैसा असुल गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी तीन महिलालाई सार्वजनिक गरेको हो।  प्रहरीका अनुसार घोराही उपमहानगरपालिका  वडा नं.१५ निवासी ३२ वर्षीया सीतादेवी थापा, सोही ठाउँकी ३५ वर्षीया खुमा वली र ३२ वर्षाीया सुस्मा परियारलाई पक्राउ गरिएको हो।   

साथै उनीहरूको साथबाट १७ लाखको चेकसमेत बरामद गरिएको छ ।  सीतादेवी थापा बस्दै आएको कोठामा खानतलासी गर्दा उक्त चेक बरामद गरिएको हो ।  नगद रकम भने सीताले ब्याजमा लगाइसकेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।  

उनीहरूले जबर्जस्ती करणीको आरोप लगाएर मुद्दा हाल्ने धम्की दिएर एक पुरुषबाट १८ लाख रुपैयाँ असुल गरेको आरोपमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।  

उनीहरूले ५० लाखको बार्गेनिङ गरेका थिए ।  उक्त रकम नदिए प्रहरीमा जबर्जस्ती करणीको मुद्दा हाल्ने भनी डर धम्की देखाएको प्रहरीले बताएको छ। उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एकस्टर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुरमा मुद्दा दर्ता भएको छ।  यदि कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डर त्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।   

यस्तो छ, घटनाको विवरण 
असार ६ गते सीतादेवी थापा र खुमा वलीले परिवर्तित नामथर भद्रबहादुर जैसीलाई फोन गरेर आफ्नो घरायसी मुद्दा रहेकाले मिलाउन भनी बोलाएका थिए ।  घोराही १५ स्थित कोहिनुर रेस्टुरेन्टमा बोलाएपछि ती महिलाहरूले बियर, मासु खाँदै मुद्दाका बारेमा कुराकानी गरेका थिए ।  कुराकानी पछि ती पुरुष रात परिसकेकाले घर जाने तयारीमा थिए ।  त्यही क्रममा सीतादेवी थापा खाटमा पल्टिइन्।  ती पुरुषले काउन्टरमा रेस्टुरेन्टको बिल तिरेका थिए ।  

उनले होटेलको बिल तिरिसक्दा पनि ती महिलाहरू बाहिर ननिस्किएपछि उनीहरूलाई बोलाउन भित्र गएका थिए ।  त्यही क्रममा थापाले गालीगलौज गर्नुका साथै आफ्नो इज्जतमा हात हालेको भन्दै करणीको मुद्दा लगाउने धम्की दिएकी थिइन् ।  सामान्य वादविवाद पछि सबैजना आ–आफ्नो घर गएका थिए ।  

त्यसपछि असार ७ गते खुमा वलीले ती पुरुषलाई फोन गरी ‘दाइ सीतादेवी थापाका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दै छन्, के गर्ने तपाईंले मिलाउनुपर्छ, हामी मिलाउँछौँ, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौँ, केही पैसा तपाईंले दिनुपर्छ ।  आउनु हामी सबैजना बसी छलफल गरौँ’ भनेकी थिइन्।  त्यसपछि एउटा रेस्टुरेन्टमा बसेर सीतादेवी थापा, खुमा वली र निजहरूकै साथमा रहेकी सुस्मा परियारसँग भेट भई छलफल भएको थियो ।  

उनीहरूले त्यहाँ पनि ‘यो कुरा छिटो मिलाउनुपर्‍यो  नत्र प्रहरीमा उजुरी हाल्छौँ’ भनी धाक धम्की दिई ५० लाख रुपैयाँ माग गरेका थिए । ५० लाख रकम माग गरेपछि आफूसँग त्यतिधेरै रकम नभएको ती पुरुषले जवाफ दिएका थिए ।  तर, ती महिलाहरूले धम्की दिँदै ‘तँलाई मुद्दा नहाली छौड्दैनौँ’ भनी धम्की दिई उनको साथमा रहेको नगद रु. १ लाख र १७ लाखको सिभिल बैकंको चेक लिई जबरजस्ती दस्तखत गराई लिएका थिए ।