१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १७:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेताहरूमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता छ : उपसभापति निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १७:५१:००

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेताहरूले नै संघीयताअनुकूलको मानसिकता बनाउन नसकेको टिप्पणी गरेका छन् । आइतबार महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको वर्तमान राजनीतिक अभ्यास र संविधान विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेताहरूमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उपसभापति निधिले नेताहरूले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफू पनि प्रशिक्षित हुनुपर्ने बताए ।

संघीयताको सम्बर्धनका लागि सबै प्रदेशको आआफ्नो प्रहरी संगठन हुनुपर्ने उनको धारणा छ । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भए पनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे ।

'सातै प्रदेशमा, सबै प्रदेशको आआफ्नो प्रादेशिक प्रहरीको व्यवस्था तत्काल होस् । अब त चार वर्ष भइसक्यो, चुनाव भएको पनि। संविधानको कुनै एउटा धारामा के लेखेको छ भने सबै प्रदेशको आआफ्नै प्रहरी संगठन हुनेछ । म आज संविधान दिवसको अवसरमा भन्न चाहन्छु, आजको आवश्यकता संघीयतालाई सम्बर्धनको लागि पहिलो प्राथमिकता सबै प्रदेशको प्रहरी, दोस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी, तेस्रो प्राथमिकता सबै प्रदेशको प्रहरी,' निधिले भने।