Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २ शनिबार १७:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुन्छन् : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २ शनिबार १७:१६:००

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताएका हुन् ।

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए ।

‘अहिले देखापरेको नकारात्मक धार को–को नेता गए, को–को नेता चोइटिएर गए त्यो छोडिदिनुस्। म एउटा कुरा भन्न चाहन्छु। त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार, त्यो समाप्त हुनेछ। त्यसको भविष्य छैन। त्यो अन्त्य हुनेछ भन्नेकुरा तपाईंहरूलाई म भन्न चाहन्छु,’ पोखरेलले भने ।

उनले राष्ट्रिय आवश्यकतालाई बेवास्ता गरेर भएको पार्टी फुटलाई गलत कर्म भएको भन्दै त्यसको अन्त हुनु स्वाभाविक भएको बताए ।