मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Wednesday, 09 July, 2025
एजेन्सी इस्लामावाद
२o७८ असोज १ शुक्रबार १५:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सरकार चलाउन तालिवानलाई समय दिनुपर्छ : पाकिस्तानी गृहमन्त्री

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामावाद
नयाँ पत्रिका इस्लामावाद
२o७८ असोज १ शुक्रबार १५:o४:oo

पाकिस्तानका गृहमन्त्री शेख रसिद अहमदले तालिवानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन्। बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यस्तो टिप्पणी गरेका पाकिस्तानी दैनिक पत्रिका ‘डन’ले जनाएको छ।

भेटका क्रममा अफगान नागरिकहरूको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहेका व्यक्तिहरूको विषयमा छलफल भएको बताइएको छ । तालिवानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरूलाई नयाँ सरकारमा नियुक्त गरेको थियो। यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनविरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेकाे थियाे ।

अफगानिस्तान तालिवानले कब्जा गर्दा इस्लामावादको सहयोग रहेको धेरै विशेषज्ञहरूको भनाइ रहेको बताइन्छ। यद्यपि, अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन्। तर, उनीहरूले तालिवान सरकारलाई मान्यता भने दिएका छैनन्।

ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरूका लागि ‘तत्काल र निरन्तर’ समर्थनका लागि यो हप्ताको सुरुमा अपिल गरेका थिए। विश्वव्यापी रूपमा प्रभाव पर्ने एक ठूलो मानवीय संकटको रोकथाम गर्न अन्तर्राष्ट्रिय समुदायलाई  अफगानिस्तानसँग संलग्न हुनुपर्ने ग्रान्डीले बताएका छन्।