१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १ शुक्रबार १२:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार १२:३२:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ताभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

अध्यक्ष नेपालले सत्तागठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको दाबी गर्दै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी हुने बताए।

‘अब संसद् र सरकारमा हाम्रो भूमिका स्वाभाविक रूपमा सत्तापक्षको रूपमा रहनेछ। किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ। यस अर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौँ, सँगै अगाडि बढ्नेछौँ। सरकारमा हामी सामेल हुनेछौँ। हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ, एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ र सातैवटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ।’