मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १ शुक्रबार o६:१५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

काठमाडौं किंग्सको मुख्य प्रायोजक शिवम् सिमेन्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १ शुक्रबार o६:१५:oo

शिवम् सिमेन्ट लिमिटेडले चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा प्रतिस्पर्धा गर्ने काठमाडौं किंग्स इलाभेनलाई प्रायोजन गर्ने भएको छ । बिहीबार आयोजित कार्यक्रममा शिवम् सिमेन्टले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।

काठमाडौं इलाभेनबाट सहमालिक सञ्जय अग्रवाल र शिवम् सिमेन्टका उपाध्यक्ष केपी रिजालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंले विदेशी खेलाडीका रूपमा पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदी, सिंगापुरका तीव्रगतिका बलर जनक प्रकाश तथा जिम्बाबेका रायन बर्ललाई अनुबन्ध गरेको छ । काठमाडौंको कप्तानी नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले गर्नेछन् । 

इपिएल ९–२३ असोजसम्म त्रिवि मैदानमा हुनेछ । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुरविरुद्ध खेल्नेछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । काठमाडौं, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

पुरु सिंह चितवनका सहायक प्रशिक्षक
चितवन टाइगर्सले प्रतियोगिताका लागि सहायक प्रशिक्षकमा दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई नियुक्त गरेको छ । सिंह लेभल टूका प्रशिक्षक हुन् । चितवनले यसअघि नै सामसनजंग थापालाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो ।  ‘क्रिकेटपछाडि रहेको विज्ञानले मलाई प्रेरणा दिन्छ, विकसित र भविष्यको पुस्ताका लागि त्यो ज्ञान प्रदान गर्न हामी मानसिक रूपमा प्रत्येकलाई उत्तेजित गर्न सक्छौँ,’ उनले भने, ‘युवा क्रिकेटर सबैभन्दा राम्रो हुन सक्छ ।’ 

 रिचर्ड पोखरामा आबद्ध 
पोखरा राइनोजले दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभीलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । चौथो संस्करणको इपिएलमा बलियो दाबेदारी प्रस्तुत गर्न पोखराले दक्षिण अफ्रिकाका अनुभवी बायाँहाते ब्याट्सम्यान लेभीलाई भित्र्याएको जनाएको छ । लेभीले सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध एक सय १७ रनको नटआउट इनिङ्स खेलेका थिए । लेभीले दक्षिण अफ्रिकाका लागि अन्तर्राष्ट्रिय १३ वटा टी–२० खेलमा दुई सय ३६ रन बनाएका छन् ।  उनले समग्रमा दुई सय २० टी–२० खेलमा १४३.७० स्ट्राइक रेटमा पाँच हजार चार सय ६८ रन जोडेका छन् ।