१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३१ बिहीबार ०७:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार सुुस्ताउने क्रम जारी : लगानीकर्ता निराशासँगै अन्योलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३१ बिहीबार ०७:०३:००

सेयर बजार सुस्ताउने क्रम जारी छ । नेप्सेमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरूसमेत निराश बनेका छन् । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पछिल्लो समय निरन्तर नेप्सेमा आएको गिरावटपछि निराश भएका हुन् । बुधबार पनि नेप्से सूचक ४० दशमलव २६ अंकले घटेर दुई हजार आठ सय ८९ बिन्दुमा पुुगेको छ । 

लगानीकर्ताले राष्ट्र बैंकको नीतिलाई लिएर सुरु गरेको आन्दोलन जारी राखेका छन् । नेपाल धितोपत्र बोर्डका पदाधिकारी, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर १२ करोडको क्याप हटाउन नैतिक दबाब दिइरहेका छन् । जारी माग सम्बोधन नभए आमरण अनशन बस्नेसम्मको तयारी रहेको आन्दोलनरत लगानीकर्ताको भनाइ छ । 

आन्दोलनले पनि बजारमा प्रभाव परेको हुन सक्ने एउटा कारणका रूपमा हेरिएको छ भने बजारले करेक्सनको बाटो समातेको हुुँदा लगानीकर्ताहरू आत्तिन नहुुने विश्लेषकहरूको भनाइ छ । नेप्सेसँगै सेयर खरिद–बिक्रीमा पनि कमी आएको छ । बुधबार नेप्सेमा धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको एक करोड पाँच लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा पाँच अर्ब ३५ करोड रुपैयाँको मात्र कारोबार भएको छ । 

सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरको २२ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा लाइफ इस्योरेन्सको १७ करोड रुपैयाँ, आइसिएफसी फाइनान्सको १५ करोड रुपैयाँ, रैराङ हाइड्रोपावरको १४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूूहको सूचक नकारात्मक बनेका छन् । विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बिमा, वाणिज्य बैंकलगायत समूूहको सूूचकमा उच्च गिरावट आएको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । सेन्सेटिभ इन्डेक्स सात दशमलव १६ अंकले घटेर पाँच सय ३८ दशमलव ५० बिन्दुमा पुगेको छ ।

एनआइबिएल समृद्धि फन्ड, हिमालयन ऊर्जा कम्पनी, गोर्खाज फाइनान्स, रुरु जलविद्युत् परियोजना, सिन्घुु विकास बैंक, सानिमा लाइफ इस्योरेन्सलगायत कम्पनीको सेयर मूूल्य घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् । घटेको नेप्सेमा पनि मनकामना स्मार्ट लघुुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावर, ग्लोबल आइएमई समुन्न स्किम, माउन्टेन इनर्जीका लगानीकर्ताले भने सामान्य कमाएका छन् ।