१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन्दीप एकदिवसीय बलिङ वरीयतामा समावेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको एकदिवसीय बलिङ वरीयतामा पहिलोपटक समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ बलिङ वरीयतामा सन्दीप ९१औँ स्थानमा छन् ।

एकदिवसीय बलिङ वरीयतामा शीर्ष सयभित्र समावेश हुने सन्दीप पहिलो नेपाली खेलाडी बनेका छन् । उनले तीन सय ६९ रेटिङ अंक जोडेका छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५औँ र वेस्टइन्डिजका ओसान थोमस ९४औँ स्थानमा छन् । यो वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड शीर्ष स्थानमा छन् । हेजलउडले सर्वाधिक सात सय नौ रेटिङ अंक हात पारेका छन् ।

अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा विशेष स्थान बनाइसकेका सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए । उनले डेब्यू खेलमा १० ओभरमा ४२ रन खर्चेर एक विकेट हात पारेका थिए । 

सन्दीपले पहिलो एकदिवसीय विकेटका रूपमा नेदरल्यान्ड्सका ओपनर स्टेफन मायवर्गलाई बोल्ड गरेका थिए । त्यसयता सन्दीपले १४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका छन् । अहिले उनी ओमानमा जारी विश्वकप लिग–२ प्रतियोगितामा सहभागी छन् ।

आइसिसी विश्वकप लिग–२ मा नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् । मंगलबार पेटमा समस्या आएपछि सन्दीपले ओमानविरुद्ध बलिङ गर्न सकेनन् । राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरेको खेलमा उनले पहिलोपटक बलिङ गर्न नपाएका हुन् ।

ad
ad