१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ ३० बुधबार ०७:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ

Read Time : > 1 मिनेट
२०७८ भदौ ३० बुधबार ०७:२८:००

काभ्रेको बनेपा नगरपालिका– १२ जनागलमा ट्रकभित्रै बालिका बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । भदौ २६ गते राति साढे एक बजे १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा चार दिनपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बालिका बलात्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाको हल्दीबारी गाउँपालिका– ५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङको उर्लाबारी नगरपालिका– १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो ।

उनीहरूले बालिकालाई बलात्कार गरेको स्विकारेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूलाई जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक खतिवडाले दिएको जानकारीअनुसार भदौ २६ गते राति साढे १२ बजे भक्तपुर जिल्ला भक्तपुर नगरपालिका– १ सिर्जनानगरस्थित सडक किनारामा गाडी कुर्दै थिइन् बालिका । त्यही क्रममा काठमाडौंबाट झापातर्फ जानका लागि उक्त ट्रक आइपुग्याे । पूर्व जाने भनेपछि सम्बन्धित ठाउँमा पुर्‍याइदिने भन्दै ट्रकमा बालिकालाई राखे । त्यसपछि रातको साढे १ बजे उक्त ट्रक अरनिको राजमार्ग हुँदै बनेपा नगरपालिका– १२ स्थित साझा पेट्रोल पम्पअगाडि आएर रोकियो ।

ट्रक रोकेर बालिकालाई चालक विश्वकर्मा र धिमालले पालैपालो करणी गरे । करणी गरीसकेपछि बालिकालाई त्यहीँ छाडी ट्रक झापातर्फ हुइँकियाे । रातको समयमा बेवारिसे अवस्थामा बालिका प्रहरीले फेला पारेपछि पहिचान नखुलेको ट्रकका चालक र सहचालकले जबर्जस्ती करणी गरी छाडेको भनेपछि बालिकालाई उद्धार गरी परिवारलाई जिम्मा लगाई अनुसन्धानमा प्रहरी लागिपर्‍याे  । उक्त ट्रक साँगादेखि बनेपा आउन धेरै समय लगाएको थाहा पाएपछि ट्रकलाई निगरानीमा राखी चेकजाँच गर्ने क्रममा मंगलबार धुलिखेलबाट ट्रकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।