मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Thursday, 13 August, 2026
२o७८ भदौ २९ मंगलबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुडिरहेको बसमाथि ढुंगा खस्दा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १४:३o:oo

जयपृथ्वी राजमार्गमा गुडिरहेको यात्रुबाहक बसमा ढुंगा खस्दा बसमा सवार एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ को झौलेकनजिक आज बिहान साढे दुई बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका– ५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।  यस्तै, ढुंगा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका– ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका– ४ का २८ वर्षीय माधव भट्ट रहेका छन्।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनापश्चात् राजमार्ग केही घन्टा अवरुद्ध रहेको भए पनि अहिले सञ्चालनमा आएको छ।