१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार o७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

करेक्सनपछि ७१ अंकले बढ्यो नेप्से

लगानीकर्ताको ध्यान जलविद्युत् र विकास बैंकमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार o७:३९:oo

सेयर बजारमा चार दिनको ठूलो करेक्सनपछि रौनकता छाएको छ । करेक्सनपछि आइतबार नेप्से ७१ अंकले बढ्दा लगानीकर्ताको ध्यान जलविद्युत् र विकास बैंकतर्फ सोझिएको छ ।  नेप्से सूचक ७१ दशमलव ४२ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४२ बिन्दुमा पुगेर बन्द भएको छ ।  अघिल्लो हप्ता तीन हजार एक सय ५८ बिन्दुबाट ओरालो लागेको नेप्से दुई हजार सात सयनजिक पुगेको थियो ।

लगानीकर्ता राष्ट्र बैंकको नीतिलाई लिएर अहिले पनि विरोधमा छन् । विगतमा बजारले एकपछि अर्को रेकर्ड बनाउँदै लगेपछि बजारले करेक्सन रोज्नु स्वाभाविक भएको पनि उनीहरूको भनाइ छ । ‘अहिले जति पनि नेप्सेमा उतारचढाव आएको छ, करेक्सन हुँदै आएको बजार हुँदा, आत्तिने–मात्तिने भन्ने हुँदैन, एउटा गतिमा गएको नेप्सेमा बीचमा ब्रेक हुनु सामान्य हो, भएको त्यही थियो,’ एक लगानीकर्ताले भने । अहिले पनि लगानीकर्ताको ध्यान विकास बैंक र हाइड्रोतर्फ नै केन्द्रित रहेकाले पुनः समूहगत रूपमा फेरि–फेरि लगानीकर्ताले आकर्षण बढाउने सम्भावना छ । आइतबार कारोबारमा आएका १३ समूहका सूचकमा हाइड्रोपावर समूहको सूचक ६ प्रतिशतले बढेको छ भने विकास बैंकको ५ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, जीवन बिमा समूहको सूचक सकारात्मक बनेको छ । नेप्सेमा उछाल आउँदा ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्समा पनि हरियाली छाएको छ । १२ दशमलव २९ अंकले बढेर पाँच सय ४७ दशमलव ५४ बिन्दुमा पुगेको छ । 

 १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
आइतबार १० कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । नेसनल हाइड्रोपावर कम्पनी, राष्ट्रय बिमा कम्पनी, फस्ट माइक्रो फाइनान्स, डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी, सानिमा लाइफ इस्योरेन्स, हिमालय पावर पार्टनर, सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, वरुण हाइड्रोपावर, अपर तामाकोसी, कालिका पावर कम्पनीको सेयर मूल्य बढेका छन् । 

 कारोबार रकममा वृद्धि
सेयर बजारलाई आइतबार कारोबार रकमले पनि साथ दिएको छ । अघिल्ला दिनमा भन्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा थिए । अझै पनि लगानीकर्ता प्रतीक्षामै रहेका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको एक करोड ७१ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरको ७३ करोड ७७ लाख रुपैयाँको भएको छ । त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड ११ लाख रुपैयाँ, अपि पावरको ३१ करोड रुपैयाँ, नेसनल हाइड्रोपावरको २९ करोड रुपैयाँको कारोबार भएको छ ।

ad
ad
ad
ad