Skip This
नक्कली बमको डर देखाएर तीन करोड फिरौती माग्दा...  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नक्कली बमको डर देखाएर तीन करोड फिरौती माग्दा...  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:५६:oo

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा नक्कली बम राखेर  फिरौती माग्ने तीनजनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर, धादिङको त्रिपुरासुन्दरी घर भई काठमााडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर र उनका भाइ २० वर्षीय अभिषेक रहेका छन् । उनीहरूलाई परिसरको टोलीले पक्राउ गरेको हो । 

उनीहरूले आपराधिक लाभ लिन नक्कली बम राखेका थिए । परिसरका एसएसपी अशोक सिंहले तीनैजनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । तीनजना मध्ये आशिष कुँवरले केही समयअघि उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए । उनको आँखाको शल्यक्रिया गर्दा १७ लाख खर्च भएको थियो । सो रकम उनले ऋणमा लिएको र उक्त रकम तिर्नलाई  नक्कली बम राखेर धम्क्याएको आशिषले प्रहरीमा वयान दिएका छन्। 

अस्पतालमा शल्यक्रिया गर्न जाँदा उनले अस्पतालका डाक्टर र कर्मचारीको सम्पर्क नम्बर मागेका थिए । आशिषले बिहीबार मातृका अस्पतालका एक डाक्टरलाई फोन गरेका थिए । उनले अस्पताल र घरमा बम राखिदिने र अस्पताल तथा घरपरिवारलाई गोली हान्ने बताउँदै तीन करोड फिरौती माग गरेका थिए । एसएसपी सिंहका अनुसार आशिषले उक्त रकम लिएर नागढुंगा आउन डाक्टरलाई आदेश दिएका थिए । यदि नल्याएमा उनले अस्पताल र घरमै बम राखिदिने र परिवार सखाप पारिदिने धम्की दिएका थिए । अस्पतालको तेस्रो तलामा बम राखेको भन्दै आशिष र उनका साथीले अस्पतालका सोधपुछ कक्षका पूर्णबहादुर दोङलाई फोन गरेका थिए । उनीहरूले सक्दो छिटो पैसा लिएर नागढुंगा आउन भनेका थिए । सो कुरा दोङले अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई जानकारी गराएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । 

‘रकम माग्न नक्कली बम राखिएको रहेछ, प्रहरीलाई खबर गरे थप कारबाही गर्ने र सिध्याउनेसमेत धम्की दिएका रहेछन्, ’एसएसपी सिंहले भने, ‘त्यही भएर पनि अस्पतालका कर्मचारीहरूले प्रहरीलाई अलि ढिलो खबर गर्नुभयो ।’ अस्पतालका कर्मचारीले बम राखेको जानकारी गराएपछि परिसरबाट प्रहरी उपरीक्षक रमेश बस्नेतसहिततको टोली उक्त स्थानमा पुगेको थियो। बम राखिएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाले उक्त बम नक्कली भएको पुष्टि गरेको थियो । प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई शनिबार पक्राउ गरेको थियो ।
 

ad
ad