मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २६ शनिबार
  • Sunday, 30 March, 2025
२o७८ भदौ २६ शनिबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यथास्थितिमा एमसिसी स्विकार्न सकिन्न : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २६ शनिबार १७:oo:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश र जनताको हितमा हुने भएपछि मात्र एमसिसी स्वीकार गर्न सकिने बताए ।

‘सैन्य गतिविधि र सुरक्षासँग जोडिएका कुनै कार्यक्रम एमसिसीमा छैन भन्ने स्पष्ट पारेपछि मात्र स्वीकार गर्न सकिन्छ भनेर हामीले नेपाल भ्रमणमा रहेका उपाध्यक्षसँग स्पष्ट रूपमा कुरा राखेका छौँ,’ उनले भने, ‘एमसिसीले लगानी गर्ने रकमको लेखा परीक्षण नेपालको महालेखा परीक्षकले गर्न पाउनुपर्छ पनि हामीले भनेका छौँ।’

अरू कुनै दलजस्तो एकीकृत समाजवादी विदेशी सामु लम्पसार नपर्ने भन्दै उनले देश र जनताको हितमा हुने सुनिश्चित भएमा एमसिसी पास गर्न सघाउने बताए । एमसिसीले प्रयोग गरेकाे सम्पूर्ण सम्पत्ति नेपालको हुनुपर्ने भन्दै उनले नेपाली भूमिमा भएका योजनामा नेपालीले काम गर्ने अवसर पाउनुपर्ने आफ्नो पार्टीको नीति भएको उल्लेख गरे ।

पार्टी विभाजनपछि पहिलोपटक नेपालगन्ज आएका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको सर्वनाशको दिन नजिकिएको टिप्पणी गरे । प्रदेश १ र बागमती प्रदेशमा वाम–लोकतान्त्रिक गठबन्धनको सरकार चाँडै गठन हुने ठोकुवा गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठुलो भएको बताए ।