मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
२o८१ चैत १७ आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यावसायिक अलैँची खेतीमा सल्यानका किसान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार १७:४३:oo

सल्यानका किसानहरू व्यावसायिक अलैँची खेतीमा आकर्षित भएका छन्। कम लगानी र परिश्रमबाट राम्रो आम्दानी हुने भएपछि किसानहरू व्यावसायिक अलैँची खेतीमा लागेका हुन्। 

धान मकैजस्ता परम्परागत खेती प्रणालीभन्दा अलैँचीबाट तेब्बर आम्दानी हुने भएपछि चार रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आइरहेको सिद्ध कुमाख गाउँपालिका- ३ का किसान थलबहादुर बुढाथोकीले जानकारी दिए। उनले भने, 'पहिले खेतमा १६ मुरी जति धान फल्थ्यो । धान रोप्ने समयमा पानी परेन भने त्यो पनि हुन्थेन। केही वर्ष बाँझो नै भयो। पछि अलैँची खेती गरेँ। अहिले राम्रो आम्दानी भइरहेको छ।' विगत ८ वर्षदेखि व्यावसायिक अलैँची खेती गर्दै आएका बुढाथोकीले ५ वर्षदेखि आम्दानी लिँदै आइरहका छन्। अहिले वार्षिक ४ लाखसम्म आम्दानी हुने गरेको बुढाथोकीले बताए । 

कम लगानी र परिश्रमबाट परम्परागत खेती प्रणालीभन्दा अलैँची खेतीबाट मनग्य आम्दानी हुने गरेको अर्का किसान भद्रबहादुर बुढाथोकीले बताए। ९ मुरी हुने खेतमा अहिले वार्षिक ३ लाखसम्मको अलैँचीले उत्पादन दिइरहेको उनको भना' छ। उनले भने, 'अन्नबालीभन्दा त कति गुणा कति गुणा फाइदा भइरहेको छ। अलैँची लगाएको ८ वर्ष भयो। पाँच वर्षदेखि उत्पादन दिन थालेको हो। यस खेतीबाट सन्तुष्ट छु।' व्यापारीले घरबाट नै दुई हजार ५ सय प्रतिकिलोका दरले किन्ने गरेको बुढाथोकीले बताए। 

जिल्लामा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। एकीकृत नभए पनि किसानहरूले पछिल्लो समय अलैँची खेती बढाउँदै लगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। वार्षिक ९ मेट्रिक टन अलैँची जिल्लामा उत्पादन हुने र जसमध्ये ५ मेट्रिक टन जिल्लाबाहिर निकासी हुँदा १ करोड ५० लाख बढी रकम किसानले हात पारेको उनको भनाइ छ।