
राजावादीहरूको आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार देखाउँदै प्रहरीले ४१ जनामाथि मुद्दा चलाउने भएको छ।
पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
त्यसमध्ये रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान भइरहेकाे छ। थप अनुसन्धानका लागि म्याद थप गर्न उनीहरूमाथि प्रहरीले जिल्ला सरकारी वकिलकाे कार्यालय काठमाडाैं लगेकाे छ।