१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ भदौ २५ शुक्रबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

समावेशी प्रतिनिधित्वको माग गर्दै मुस्लिम संघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १७:२३:oo

नेपाल मुस्लिम संघले सबै तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय गोरखामा धर्ना दिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको माग गर्दै संघले शुक्रबार बिहान सदरमुकामस्थित तीनधारेको पार्टी कार्यालयमा धर्ना दिएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, महाधिवेशन प्रतिनिधि तथा सबै तहमा प्रतिनिधिको सुनिश्चितताको माग गर्दै आज संघका पदाधिकारीले दुई घण्टा धर्ना दिएको हो  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्पूर्ण तहमा समावेशी प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने आफूहरूको माग रहेको नेपाल मुस्लिम संघ राष्ट्रिय कार्यसमितिका सचिव रहमतुल्लाह मियाँले बताए ।

‘गणतन्त्र समावेशी, कानुनी र व्यावहारिक रूपमा लागु नहुँदै विभिन्न जाति, क्षेत्र, वर्ण, लिंगको समावेशी व्यवस्था गर्दै आएको लोकतान्त्तिक पाटी हो, कांग्रेस। तर, अहिले कानुनी रूपमा र व्यावहारिक रूपमा संघीयता, लोकतन्त्र, समावेशीताप्रति प्रतिबद्ध रहेको नेपालको संविधान र सोहीअनुसार बनेको पार्टीको विधान र निर्देशिकामा जनसंख्यालाई आधार बनाइयो । यसले सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चिततामा कटौती गरेको छ,’ उनले भने ।

पार्टीको विधान र निर्देशिका जनसंख्याका आधारमा बनाइँदा महाधिवेशन प्रतिनिधित्वमा मुस्लिमलगायत पिछडिएका समुदाय वञ्चित भएको उनको भनाइ छ । संविधानमा उल्लेख भएअनुसार नै विधान र निर्देशिकाले पनि पिछडिएका सबै समुदायको १४औँ महाधिवेशनमा प्रतिनिधित्व सुनिनिश्चत हुनुपर्ने उनीहरूको माग छ।

ad
ad
ad
ad