१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o७८ भदौ २३ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

देउवाको गृहजिल्लामा अधिवेशन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार o८:४२:oo

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सातौँ कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको भन्दै कार्यसमिति बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले निर्वाचन सामग्री नबुझाएको र उनीलगायत एकपक्षीय कार्यकर्ताले बैठक पुस्तिकामा दस्तखत गर्न नमानेका कारण अधिवेशन स्थगित गर्ने निर्णय भएको जिल्ला सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।

निर्वाचन अधिकृत बमले केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार २५ भदौमा वडा अधिवेशन हुने भन्दै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा बाँकी पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत जानकारी गराइने उल्लेख छ । आइतबार सार्वजनिक भएको कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे जिल्लामा तरंग मच्चिएको छ । आफूहरूले चार तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो । 

कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले दुई हजार पाँच सय ६ नयाँ सदस्य तथा नवीकरणका लागि पुराना सदस्यको नाम गरेर पाँच हजार आठ सय चारजनाको नामावली सिफारिस गरेको थियो । जसमध्ये चार सय ६० जनाको नाम छानबिन समितिले हटाएर पठाएको छ । नाम काटिने सूचीमा जिल्ला सभापति कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी, पूर्वजिल्ला सभापति तारीसिंह बोहरा, त्रिविका पूर्वस्ववियु सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल, कार्यालय सचिव राम विष्टलगायतका छन् ।

ad
ad
ad
ad