१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ भदौ २२ मंगलबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १७:४८:oo

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

दल विभाजनपछि आफूहरू एमालेमै रहेकाले राजीनामा बुझाएको मन्त्री शाहले बताए। ‘पार्टी र दलमध्ये एउटा रोज्नुपर्ने विकल्प थियो। मैले पार्टी रोज्दै मन्त्रीबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि पत्रकार सम्मेलन गरेर उनले भने । शाह र गहतराज दुवैजना मावध नेपालनिकट मानिएका थिए। पार्टी विभाजनपछि उनीहरूले नेपालको साथ छोड्दै एमालेमै रहने निर्णय गरेका हुन्।

प्रदेश सभामा एमालेका २४ सांसदमध्ये १४ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको छ। यसअघिको सबैभन्दा ठूलो दल एमाले विभाजनपछि चौथो दलमा खुम्चिएको छ।

ad
ad
ad
ad