Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार १६:४३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा ४४ अंकको करेक्सन, कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार १६:४३:००

सेयर बजारमा ४४.१८ अंकको करेक्सन आएको छ। सोमबार एक सय ६१ अंकले बढेपछि मंगलबार बजार करेक्सन हुन पुगेको हो। उच्च अंकको गिरावटपछि अर्थमन्त्रीको पहलले बढेको भनिएको सेयर बजार मंगलबार  करेक्सन हुँदा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्।

यस दिन  सेयर बजार १.४८ प्रतिशतले  घटेर नेप्से सूचक दुई हजार नाै सय ३६.६१ बिन्दुमा पुगेर थामिएको छ। बजार घटेपछि लगानीकर्ता  पुनः प्यानिक बन्न पुगेका छन् जसले गर्दा कारोबारमा गिरावट आएको छ।

धितोपत्र र ऋणपत्र गरी  कारोबारमा आएका दुई सय २२ कम्पनीको एक करोड ५० लाख कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ४९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको यस दिन ६१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । याे कम्पनीको सो दिन ३८ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

मंगलबार कारोबारमा आउने १३ वटै समूहको सूचकमध्ये दुई समूहको सूचकबाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेका छन्। निर्जीवन बिमा, होटेल तथा पर्यटन, विकास बैंक, वाणिज्य बैंक समूहका सूचकका लगानीकर्ता यस दिन निराश बनेका छन्। आरएमडिसी लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत् परियोजना, प्रागेसिभ फाइनान्स कम्पनीले सो दिन सबैभन्दा धेरै गुमाएका छन्।

यसैगरी, सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको  छ भने युनाइडेट मोदी हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, युनिलिभर नेपाललगायत कम्पनीको मूल्य बढ्दा यी कम्पनीका लगानीकर्ताहरू उत्साहित बनेका छन्।