मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ २२ मंगलबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इम्बोस्ड नम्बर प्लेट खारेजलगायत ११ बुँदे माग राख्दै व्यवसायीद्वारा विभाग घेराउ

Read Time : < 1 मिनेट
२०७८ भदौ २२ मंगलबार १३:११:००

इम्बोस्ड नम्बर प्लेट खारेजलगायतका ११बुँदे मागसहित यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। सरकारले सार्वजनिक यातायात र ट्याक्सीको भाडा समायोजन नगरेको, इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग नगरेको, विदेशी कम्पनीलाई यातायातको सबैखाले सूचनाको रेकर्ड दिन खोजेको भन्दै यातायात व्यवसायीहरूले कार्यालय घेराउ गरेका हुन्।
  
मंगलबार उपत्यकाका सबैजसो व्यवसायीहरू ११बुँदे माग राख्दै विभागअगाडि धर्ना दिन पुगेका छन्। सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्दा अनपढ व्यक्तिले नबुझ्ने, नम्बर प्लेट पटकपटक फेर्नुपर्ने झन्झट हुने, नम्बर प्लेट फेर्दा महँगो पर्ने भएकाले यसलाई खारेज गर्नुपर्ने माग व्यवसायीको छ। त्यस्तै, कोरोना महामारीको वेला बैंक तथा वित्तीय संस्थाहरूबाट यातायात व्यवसायीले ब्याज छुट नपाएको, पेट्रोलको मूल्य बढाएको, सडक कानुन लागू नभएकोलगायत माग व्यवसायीले राखेका छन्।

उनीहरूले ट्याक्सीको मिटर दररेट बढाउन माग गरेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले सरकारले व्यवसायीहरूको माग पूरा नगरेकाले धर्नामा उत्रिएको बताए। उनले भने, ‘यातायात क्षेत्रमा सरकारले ल्याएका धेरैजसो नियमको हामीले विरोध गरेका छौँ। व्यवसायीका माग पूरा नभए निरन्तर धर्ना दिन्छौँ ।’ उनले सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन नगरे महासंघले नै भाडादर तोक्ने चेतावनी दिएका छन्।