१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २२ मंगलबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कार्यालय परिसरमै सीमित भएर मनाइँदै निजामती सेवा दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार ११:३३:oo

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको निजामती सेवा दिवस मनाइँदै छ। मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षताको निजामती सेवा दिवस मूल समारोह समितिले यस वर्षको नारा र कार्यक्रम तय गरेको हो।

समितिले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय परिसरमा सम्भव हुने कार्यक्रम मात्र सञ्चालन गरी मनाउने निर्णय गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले यसबारे सबै निकायलाई परिपत्र गरेको थियो। सरकारले यस वर्ष पनि ४० उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। तर, विगत पाँच वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी भने घोषणा हुन सकेको छैन।

ad
ad
ad
ad