१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७८ भदौ २२ मंगलबार o६:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला घटनाको ३८ दिनपछि भारतलाई कूटनीतिक नोट : छानबिन गर्न, दोषीमाथि कारबाही र धामी परिवारलाई क्षतिपूर्ति दिन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार o६:५५:oo

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले छानबिन प्रतिवेदन १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो । गृहले परराष्ट्र मन्त्रालयलाई १७ भदौमा प्रतिवेदन दिएको थियो । यसैका आधारमा परराष्ट्रले कूटनीतिक नोट पठाएको छ ।

दार्चुलास्थित महाकाली नदीको तुइनबाट भारत जाँदै गरेका नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको ३५ दिनपछि सरकारले भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाएको छ । गृह मन्त्रालयको छानबिन प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले भारतको गृह मन्त्रालयलाई आइतबार कूटनीतिक नोट पठाएर घटनाबारे ध्यानाकर्षण गराएको हो । 

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले कूटनीतिक नोट पठाएको पुष्टि गरेका छन् । ‘परराष्ट्र मन्त्रालयका तर्फबाट गृह मन्त्रालयको छानबिन प्रतिवेदनका अंशसमेत राखेर कूटनीतिक नोट पठाइएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘नेपाल सरकारका तर्फबाट हामीले घटनाका बारेमा जे आवश्यक थियो, त्यो सरोकार उल्लेख गरेर पठाएका छौँ ।’ 

तर, सोमबार साँझसम्म परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भने कूटनीतिक नोट पठाएको विषयमा सार्वजनिक गरेको छैन । ती अधिकारीले भने, ‘कूटनीतिक रूपमा पहलकदमी लिइएको छ । हामी यस विषयमा निरन्तर फलोअप गर्छौँ ।’

स्रोतका अनुसार नेपालले कूटनीतिक नोटमा घटनामा एसएसबीको संलग्नताबारे छानबिन गर्न भारतलाई आग्रह गरेको छ । ‘घटनाका सम्बन्धमा आन्तरिक अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न हामीले आग्रह गरेका छौँ,’ परराष्ट्र स्रोतले भन्यो, ‘यति मात्र नभएर धामीका परिवारलाई यथोचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन हामीले आग्रह गरेका छौँ । यस्तो घटना नदोहोरिने सुनिश्चितता पनि हामीले खोजेका छौँ ।’ 

महाकाली नदीको तुइनमा खसेर १५ साउनमा दार्चुलाका धामी बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइन काटेका कारण धामी महाकालीमा खसेको बताएका थिए । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले छानबिन प्रतिवेदन १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो ।

गृहले परराष्ट्र मन्त्रालयलाई १७ भदौमा प्रतिवेदन दिएको थियो । घटनाका विषयमा नेपालले औपचारिक रूपमा भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको छ । परराष्ट्र स्रोतले कूटनीतिक नोट पठाएको सोमबार साँझ पुष्टि गरेको छ । ‘सोमबारभन्दा पहिले नै कूटनीतिक नोट पठाइएको हो,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गृह मन्त्रालयको छानबिन प्रतिवेदनका आधारमा कूटनीतिक नोट पठाएका छौँ ।’ 

कूटनीतिक नोटमा के छ ?
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले कूटनीतिक नोट पठाएको पुष्टि गर्दै नयाँ पत्रिकासँग भने, ‘परराष्ट्र मन्त्रालयका तर्फबाट गृह मन्त्रालयको छानबिन प्रतिवेदनका अंशसमेत राखेर कूटनीतिक नोट पठाइएको छ  । नेपाल सरकारका तर्फबाट हामीले घटनाका बारेमा जे आवश्यक थियो, त्यो सरोकार उल्लेख गरेर पठाएका छौँ । कूटनीतिक रूपमा पहलकदमी लिइएको छ । हामी यस विषयमा निरन्तर फलोअप गर्छौँ ।’

नेपालले कूटनीतिक नोटमा घटनामा एसएसबीको संलग्नताबारे छानबिन गर्न भारतलाई आग्रह गरेको छ । ‘घटनाका सम्बन्धमा आन्तरिक अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न हामीले आग्रह गरेका छौँ,’ परराष्ट्र स्रोतले भन्यो, ‘यति मात्र नभएर धामीका परिवारलाई यथोचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन हामीले आग्रह गरेका छौँ । यस्तो घटना नदोहोरिने सुनिश्चितता पनि हामीले खोजेका छौँ ।’

टाइमलाइन

  • १५ साउन : दार्चुलाको व्याँस गाउँपालिका– २ मालघाटस्थित तुइनबाट भारत जाँदै गर्दा जयसिंह धामी महाकाली नदीमा बेपत्ता
  • १७ साउन : गृहमन्त्रीस्तरीय निर्णयद्वारा गृहसहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन
  • १५ भदौ : छानबिन समितिद्वारा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन पेस
  • २१ भदौ : ३८ दिनपछि भारतलाई नेपाल सरकारका तर्फबाट कूटनीतिक नोट