मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २१ सोमबार ०७:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चितवनमा महिन्द्रा ट्र्याक्टरको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २१ सोमबार ०७:१२:००

नेपालका लागि महिन्द्रा युटिलिटी सवारीसाधन र ट्र्याक्टरको अधिकृत वितरक अग्नि ग्रुपले चितवनको मिलनचोकमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो डिलर नेटवर्क बतास ब्रदर्स प्रालिको नयाँ शाखामा महिन्द्रा ट्र्याक्टरको  बिक्री, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सयुक्त सोरुम सञ्चालनमा ल्याएको हो । 

बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एन्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी, जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटी र बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटनपछि अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले ग्राहककोे आवश्यकताअनुसार महिन्द्रा ट्र्याक्टर उत्पादनको विस्तृत शृंखला उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा अधिकतम ग्राहक सन्तुष्टि प्राप्तिका लगातार गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएको बताए । उनले भने, ‘हाम्रा विभिन्न मोडलका कृषि ट्र्याक्टरसँगै कृषि औजारहरूले निश्चित रूपमा खेतीको आवश्यकतालाई पूरा गर्नेछ ।’

बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले नयाँ महिन्द्रा ट्र्याक्टर सोरुमले महिन्द्राका २१५ डिआई युवराज, जिभो २४५ डिआई फोरडब्लुडी, नोभो अर्जुन ६०५ डिआई फोरडब्लुडी, ५७५ डिआई पिएस डिसी युभोजस्ता ट्र्याक्टरहरूका ग्राहकलाई बिक्री, गुणस्तरीय स्पेयर पार्टस् तथा सेवा प्रदान गर्ने बताए । उनले भने, ‘चितवनको यो बिक्री केन्द्रले अन्तर्राष्ट्रियस्तरको सेवासहितको कम्पनीसम्म ग्राहकको पहुँच बनाई अधिक सुविधाजनक र किफायती तुल्याई लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

उद्घाटनको अवसर पारेर कम्पनीले विभिन्न उपहारको घोषणा गरेको छ । जसमा एलइडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट, ६ वर्ष वारेन्टी अवधि, पाँच लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै पाँचजना भाग्यशाली ग्राहकका लागि पाँच केभिए पावरोल डिजेल जेनरेटर बम्पर उपहारका रूपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना तीन महिना लागू हुने जनाइएको छ ।