१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Monday, 01 July, 2024
२o७८ भदौ २० आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पानीमा डुबेर एक बालकको मृत्यु, अर्का युवाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १८:o६:oo

बाग्लुङको बाग्लुङ नगरपालिका– १० भकुण्डेमा पानीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। पानीमा डुबेर भकुण्डेका मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरनजिकै रहेको धौलेचौर भन्ने स्थानमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

यसैगरी, सोही स्थानका २८ वर्षीय सागर थापाको शव भेटिएको छ। शनिबार बिहानदेखि हराएका उनको सोही दिन साँझ घरनजिकैको खोलाको बीचमा शव भेटिएको प्रहरीले जनाएको छ। आफन्तले खोजतलास गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन्।

ad
ad
ad
ad