मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Thursday, 18 September, 2025
संजित परियार काठमाडौं
२o७८ भदौ २० आइतबार १६:३८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गर्दै विद्यार्थीको धर्ना (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १६:३८:oo

काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गर्न माग गर्दै विद्यार्थीहरूले धर्ना दिएका छन्। त्रिचन्द्र क्याम्पस यथाशीघ्र पुनर्निर्माण गर्न दबाब दिन नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरूले क्याम्पस हातामा धर्ना दिएका हुन्।

धर्नामा बसेका विद्यार्थीहरूले धरहरा प्राथमिकतामा पर्दा शैक्षिक क्षेत्र किन प्राथमिकतामा परेन भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गरेका छन्।

उनीहरूले ‘सेभ त्रिचन्द्र’, ‘त्रिचन्द्रले बनाएका नेताहरू त्रिचन्द्र भत्किँदा कहाँ छौ ?’, ‘डिएर प्रधानमन्त्री तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले ?’ जस्ता नारा लेखेको पम्प्लेट प्रदर्शन गरेका छन्।