१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वोच्चको फैसलाले  मिर्गाैला प्रत्यारोपण सहज

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o४:oo

अंगदान गर्न पाउने ‘नजिकका नातेदार’मा अब काका–ससुरा पनि

सर्वोच्च अदालतले अंग प्रत्यारोपण गर्न सकिने ‘नजिकका नातेदार’को परिभाषालाई फराकिलो बनाएपछि मिर्गाैलालगायत अंग प्रत्यारोपण सहज हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा २ (ठ) लाई व्याख्या गरेको हो । 

उक्त ऐनको दफा २ (ठ)ले अंगदान गर्न पाउने नजिकका नातेदारको परिभाषा गरेको छ । जसमा अंगदान गर्ने व्यक्ति अंग ग्रहण गर्नेको ‘पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबाबु, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान सम्झनुपर्ने’ उल्लेख छ । यसमा धर्मसन्तान र विवाहपछि गाँसिएका सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि नाता सम्बन्ध कायम रहेको हुनुपर्ने बताइएको छ । 

यसलाई अझ फराकिलो बनाउँदै संयुक्त इजलासले काका–ससुरा पनि नजिकको नातेदारभित्र समेटिने आदेश गरेको छ । झापा भद्रपुरकी मिर्गौलापीडित गीताकुमारी भण्डारीले दायर गरेको रिटउपर दिइएको संक्षिप्त आदेशमा ‘नजिकका नातेदार’लाई फराकिलो तवरबाट व्याख्या गर्नुपर्ने जनाइएको छ । निवेदक गीताका काका–ससुराले उनलाई मिर्गौला दान गर्न खोज्दा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उनी नजिकका नातेदार नभएको भन्दै प्रत्यारोपण गर्न अस्वीकार गरेको थियो । 

यसैमाथि आदेश गर्दै सर्वोच्चले भनेको छ, ‘काका–ससुरालाई मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)ले स्पष्ट रूपमा बाहेक गरेको देखिँदैन । प्रस्तुत ऐनले विभिन्न नाताको उल्लेख गर्दै ससुरा नाताका व्यक्तिलाई नजिकको नातेदारको परिभाषामा समेटेको स्थितिमा उक्त मिर्गौला प्रत्यारोपण गर्न अंगदान गर्न काका–ससुराको मञ्जुुरी भएको र सो कार्यलाई निषेध गर्नुपर्ने आधारभूत कारण नभएको एवं काका–ससुरालाई स्वेच्छिक दान गरी भाइ–बुहारीको जीवन रक्षामा योगदान पुर्‍याउन पवित्र मानवीय दृष्टिकोणसमेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यर्थी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति ०७८/०४/२२ को पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब ससुरासरहका काका–ससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अंग दान गर्न चाहेमा चिकित्सकीय रोहरित पुर्‍याई मिर्गौला प्रत्यारोपण गर्नू–गराउनू ।’


 

ad
ad