मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार o६:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ डिबेन्चर २०८४/८५ सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार o६:३o:oo

मुक्तिनाथ विकास बैंकको डिबेन्चर/ऋणपत्र २०८४/८५ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेन्चर/ऋणपत्र २०८४/८५ को एक हजार रुपैयाँ कायम भएको १२ लाख ५० हजार कित्ता ऋणपत्रको सूचीकरणको सम्झौता भएको हो ।  

बैंकले सर्वसाधारणसमक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ऋणपत्र सूचीकृत भएको बैंकले जनाएको छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।