१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Friday, 05 July, 2024
२o७८ भदौ १७ बिहीबार o७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सानिमा लाइफको सेयर सूचीकृत, आजबाट दोस्रो बजारमा कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार o७:४२:oo

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । त्यसअनुसार बिहीबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार आउने भएको छ । नेप्सेले कम्पनीको सेयरलाई एसएलआई कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको सेयर कारोबार हुनेछ ।

ad
ad
ad
ad