मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १६ बुधबार ०७:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समता शैक्षिक गुठीलाई कृषि विकास बैंकको आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १६ बुधबार ०७:५८:००

कृषि विकास बैंक लिमिटेडले समता शैक्षिक गुठीलाई आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले गुठीका सञ्चालक उत्तम सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 

सहयोग हस्तान्तरण कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकले सुस्वास्थ्य तथा दीर्घायुको कामनासहितको सम्मानसमेत गरिएको बैंकले जनाएको छ । कलाकार मदनकृष्ण तथा हरिवंशले कृषि विकास बैंक लिमिटेडले गरिब किसानलगायत सबैको बैंकका रूपमा आफूलाई चिनाउन सफल भएको भन्दै आगामी दिनमा थप प्रगतिको कामना गरेको जनाइएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिको सहयोग जारी राख्ने बताए । उनले बैंकका प्रदेश कार्यालहरूबाट समेत नियमानुसार सहयोग उपलब्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ, बाबुकाजी थापालगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।