१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १६ बुधबार ०७:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसइई दिएका विद्यार्थीलाई   एनसेलको ‘पहिलो सिम’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १६ बुधबार ०७:५५:००

एनसेल आजियाटा लिमिटेडले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गरेर ‘पहिलो सिम’ नामक योजना ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीलाई १ रुपैयाँमा प्रिपेड सिमका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायतका सुविधा दिने योजना ल्याएको हो ।

यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डेटा पाउने जनाइएको छ ।

त्यस्तै, ५० रुपैयाँ वा बढीको रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ ।

भ्वाइस, डेटा र एसएमएसमा बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने बढीमा पाँचवटा एनसेल नम्बरहरू माइफाइभ समूहमा सेट गरी ती नम्बरमा ३० दिनसम्म मिनेटको ५० पैसामा कुराकानी गर्न पाउने जनाइएको छ । ३० दिनपछि, एक सय रुपैयाँ वा बढीको रिचार्जमा यो सेवाले निरन्तरता पाउने कम्पनीले जनाएको छ ।