१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १५ मंगलबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीसँगका सम्झौता कार्यान्वयन गर्न उच्चस्तरीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार o८:२५:oo

सरकारले चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

केसी र सरकारबीच विभिन्न समयमा भएका सहमति र ती सहमति कुन चरणमा पुगेका छन् भनेर गहन अध्ययन गरी ठोस कार्यान्वयनका लागि अगाडि बढाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंहको संयोजत्वमा उक्त समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानुन मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ ।

समितिलाई नेपाल सरकारसँग भएका सम्झौता प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरूसँग छलफल गरी कार्यान्वयन बाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारे ठोस सुझाब पेस गर्न कार्यदेश दिइएको छ । त्यस्तै, गेटा मेडिकल कलेज सञ्चालनका लागि सुझाब दिन चेतराज पन्तको संयोजकत्वमा समिति गठन भएको छ । 

ad
ad
ad
ad