मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ज्वालामुखी– ५ खरीका ५० वर्षीय बलराम अधिकारी, १७ वर्षीया सञ्जिता तामाङ, ४८ वर्षीय राजाराम अधिकारी र २६ वर्षीया मीना श्रेष्ठलाई हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइँदै
२०७८ भदौ १४ सोमबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा आइचर दुर्घटना हुँदा ३५ जना घाइते

Read Time : < 1 मिनेट
२०७८ भदौ १४ सोमबार १३:२८:००

धादिङको नीलकण्ठ नगरपालिका– ८ बगैँचामा सोमबार आइचर दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। खरीबाट धादिङबेंसीतर्फ आउँदै गरेको बा.३ख ५६२३ नम्बरको आइचर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको बताइएको छ। धादिङ अस्पतालमा उपचारपश्चात् उनीहरूलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको छ।

ज्वालामुखी– ५ खरीका ५० वर्षीय बलराम अधिकारी, १७ वर्षीया सञ्जिता तामाङ, ४८ वर्षीय राजाराम अधिकारी र २६ वर्षीया मीना श्रेष्ठलाई हेलिकाेप्टरमार्फत र २० वर्षीय मानबहादुर तामाङ, ३५ वर्षीय सुवास तामाङ, ७० वर्षीया पार्वती आले र २८ वर्षीय दिलबहादुर बयलकोटीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको हो। अन्य घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ।