मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार १६:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेप्सेमा उच्च अंकको करेक्सन आउँदा,जलविद्युतका लगानीकर्तामा फेरि निराशा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १६:३९:oo

नेप्सेमा उच्च अंकको करेक्सन आएको छ। अघिल्लो हप्ताको बिहीबार नेप्से सकारात्मक बनेपनि साताको पहिलो कारोबारका दिन नेप्सेमा पुनः करेक्सन हुन पुगेको हो।  बजार घट्नुमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा पनि नेप्से घट्न पुगेको विश्लेषकहरू बताउँछन्।

आइतबार कारोबारमा आउने १३ समूहको सूचकमा फाइनान्सबाहेक १२ समूहको सूचक नकारात्मक बनेका छन्। अघिल्लो हप्तामा जलविद्युतमा समूहको सूचकमा करेक्सन आए पनि बिहीबार ५ प्रतिशतले बढ्दा जलविद्युतका लगानीकर्ता उत्साहित बनेका थिए । उत्साहित बनेका लगानीकर्ता आइतबार जलविद्युतमा निराश बनेका छन् । वाणिज्य बैंक, माइक्रो फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा समूहको सूचक करिब २ प्रतिशतले घटेका छन् ।

आइतबार नेप्से  परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८६ बिन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै, ‘क’वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ८ दशमलव ६७ अंकले घटेर ५ सय  ६२ दशमलव ८८ बिन्दुमा पुगेको छ ।

यस दिन सबैभन्दा धेरै घट्ने कम्पनीमा रुरु जलविद्युत  परियोजना रहेको छ। कम्पनीको सो दिन १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, घट्ने कम्पनीमा सिंगटी हाइड्रो इनर्जी,गोर्खाज फाइनान्स,सिइडिबी हाइड्रो पावर,वरुण हाइड्रोपावर, हिमालयन पावर पार्टनर, युनियन हाइड्रो लिमिटेड,लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ता सो दिन निराश बनेका छन् ।

 २  कम्पनीको सकारात्मक सर्किट
उच्च अंकको करेक्सनमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट कारोबार भएको छ । नारायणी डेभलपमेन्ट  बैंक, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ। त्यसैगरी, अरुण भ्याली हाइड्रो डेभलपमेन्ट, जानकी फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सो दिन नाफा आर्जन गर्न सफल भएका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका  २ सय २७ कम्पनीको  २ करोड ४८ लाख कित्ता सेयर किनेबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ । कम्पनीको सो दिन ८८ करोड रुपैयाँको कारोबार भएको छ। त्यसैगरी, जीवन  विकास लघुवित्तको ७४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । ३८ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। हिमालयन डिस्टिलरी कम्पनीको ३४ करोड रुपैयाँको कारोबार भएको छ ।