Skip This
माथिल्लो मर्स्याङ्दी ‘ए’ दुई महिनादेखि बन्द, ६० करोडभन्दा बढी घाटा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Sunday, 07 July, 2024
२o७८ भदौ १३ आइतबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

माथिल्लो मर्स्याङ्दी ‘ए’ दुई महिनादेखि बन्द, ६० करोडभन्दा बढी घाटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार o७:२१:oo

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द हुँदा ६० करोडभन्दा बढी नोक्सान भएको छ । १ असारमा मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै विद्युत् उत्पादन बन्द भएको हो ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोडभन्दा बढीको नोक्सानी भएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनले भने, ‘आयोजनाले बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्दा दैनिक १ करोडबराबरको आम्दानी हुन्थ्यो ।’ दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ । 

आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने देखिएको छ । नदीमा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रदेखि पावरहाउससम्मको संरचनामा क्षति पुगेको थियो । बाढीले आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पुर्‍याएको छ । क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गरिने कम्पनीको तयारी छ । 

आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ । बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको जनसम्पर्क अधिकृत अधिकारीले बताए । चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीको भनाइ छ ।

यस्तै, आयोजनाको बाँधदेखि पावरहाउससम्मको ११ केभी विद्युत् प्रसारण लाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ । बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो ।

आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाले ०७३ असोजदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।

ad
ad
ad
ad