१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७८ भदौ ११ शुक्रबार २o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

रातु नदीको तटबन्ध टुट्दा डुबानमा महोत्तरी (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार २o:५४:oo

महोत्तरीमा रातु नदीको तटबन्ध टुट्दा केही बस्ती डुबानमा परेका छन् भने केही बस्ती डुबानको खतराले पिरोलिएको छ । बल्वा नगरपालिकाको वडा नं. ११ रौजा र वडा नं. ४ तिलगढमा शुक्रबार बिहानै तटबन्ध टुटेर बाढी बस्तीमा पस्दा सयाैँ घर डुबानमा परेका थिए ।

 उक्त बस्तीहरूका अझै दर्जनभन्दा बढी घरका मानिसले विभिन्न विद्यालयमा आश्रय लिएर ज्यान जोगाउनुपरेको छ भने बाढीले पुनः डुबाउने भन्दै बस्ती नै त्रासमा छ । यता महोत्तरी गाउँपालिकाको मडई, रतवारा र जलेश्वर नगरपालिकाको रमौल, बजराही र सदरमुकाम जलेश्वरका बासिन्दासमेत बाढी आउने डरले निदाउन सकेका छैनन् । 

बिहानैको बाढीले बालीनाली नष्ट गरेको छ भने सयौँ घरमा पानी पसेर बस्न लायक नरहेको स्थानीयले बताएका छन् । यता बल्वाको रौजास्थित एक कुखुरा फार्ममा रहेको करिब एक हजार दुई सय कुखुराका चल्ला बाढी आउँदा फर्ममै मरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । उनले अझै बाढी बढ्न सक्ने र क्षति हुन सक्ने भएकोले विभिन्न युनिटका प्रहरीहरूलाई एलर्टमा राखिएको बताए । 

यता बाढी अनुगमन गरेर फर्केका महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले अझै पानी परिरहेकोले सतर्क भएर बस्न स्थानीयलाई आग्रह गरेका छन् । उनले महोत्तरीका सम्पूर्ण सुरक्षा निकायलाई हाइअलर्टमा  राखिएको र जुन पनि वेला आवश्यक भए उद्धारका लागि तयार हुने बताए । 

 

 

ad
ad
ad
ad