१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ११ शुक्रबार १९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वासुदेव-विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १९:५९:oo

नेपाली हास्यव्यंग्य क्षेत्रका विशिष्ट प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरूवितरण गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरी ०७६ सालको हास्यव्यंग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार  शशि शाहलाई प्रदान गरिएको छ भने ०७७ सालको हास्यव्यंग्य अभिनयतर्फको पुरस्कार किरण केसी (रातामकै) लाई प्रदान गरिएको छ ।  

प्रत्येक पुरस्कारको राशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।वरिष्ठ साहित्यकार रोचक घिमिरेले वासुदेव विद्यादेव लुइँटेल गुठीका पदाधिकारीहरूको उपस्थितिमा शाह र केसीलाई पुरस्कार गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पुरस्कृत वरिष्ठ कलाकार शशि शाहको नेपाली आधुनिक कलासँगसँगै हास्यव्यंग्य चित्रकलामा पनि विशिष्ट योगदान रहेको बताए । पुरस्कृत अर्का स्रष्टा किरण केसीको हास्यव्यंग्य अभिनय जीवन्त रहेको उनले उल्लेख गरे । यसैबीच पुरस्कृत स्रष्टा केसीले पुरस्कारस्वरूप आफूले पाएको रकममध्ये ९० प्रतिशत समाजसेवामा खर्चने जानकारी दिए ।  

ad
ad
ad
ad