१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 21 September, 2024
टेकराज थामी काठमाडौं
२o७८ भदौ ११ शुक्रबार o७:३९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सैनिक अदालतको फैसला सच्याउनेतर्फ सेना 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार o७:३९:oo

यसअघि भएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजनपत्र पेस गर्न सैनिक विशेष अदालतको आदेश

नेपाली सेनाले हतियार चोरी अभियोग प्रमाणित गर्दै सैनिक अदालतले साढे दुई वर्षअघि लवकुमार गुरुङ र सरोज तामाङविरुद्ध गरेको त्रुटिपूर्ण फैसला सच्याउने दिशातर्फ अघि बढ्ने संकेत देखाएको छ । 

सन्तोषबल्लभ पौडेल, प्रवक्ता, नेपाली सेना
घटना सम्बन्धमा सेना गम्भीर भएर लागेको छ । छानबिन समिति गठन भएको छ । प्रतिवेदन अन्तिम चरणमा पुगेको सूचना पाएको छु । समितिले पेस गर्ने प्रतिवेदनका आधारमा सेनाले न्यायपूर्ण निर्णय गर्नेछ ।
 

भद्रकालीस्थित सैनिक मुख्यालयमा बिहीबार बसेको विशेष अदालतले मुद्दाका सन्दर्भमा यसअघि भएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजन पत्र पेस गर्न आदेश दिएको छ । आदेशपछि अब सेनाले घटनासँग जोडिएका तारा तामाङ र पवन गुरुङको पक्षमा उच्च अदालत हेटौँडाले गरेको फैसला र जिल्ला अदालत चितवनले गंगाधर ढकालविरुद्ध गरेको आदेशसहितको कागजात अदालतमा पेस गर्नुपर्नेछ । सोही कागजातका आधारमा विशेष अदालतले कैद सजाय भुक्तान गरिरहेका लवकुमार र सरोजलाई निर्दोष ठहर गरी विनासर्त रिहा गर्ने वा साविककै फैसलामा सदर जनाउने भन्ने विषय तय गर्नेछ । 

कैद सजाय भुक्तान गरिरहेका लवकुमार र सरोजका पक्षबाट बहसमा उत्रिएका अधिवक्ता सोमनाथ ढुंगानाले सैनिक विशेष अदालतले मुद्दासँग जोडिएका फैसला, आदेश र अभियुक्तविरुद्धका अभियोजनपत्र पेस गर्न आदेश भएको बताए । उनले भने, ‘सैनिक विशेष अदालत बिहीबार बसेको थियो । अदालतले मुद्दासँग जोडिएका फैसला, आदेश, अभियुक्तविरुद्धका अभियोजनपत्रलगायतका कागजात पेस गर्न आदेश गरेको छ । अब सेनाले आदेशबमोजिमको कागजात पेस गर्नेछ । सोही कागजातका आधारमा लवकुमार र सरोज कैदमुक्त हुने वा कैदमै रहने विषय तह हुनेछ ।’

एकै प्रकृतिका अभियोगमा फरक दुई फैसला 
सेनाको चितवनस्थित कालीबहादुर गणबाट तीन वर्षअघि ‘केआर१००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) चोरी भएको थियो । चोरी अभियोगमा सोही गणमा कार्यरत लवकुमार, सरोज र चुबी गुरुङलाई सेनाले २ पुस ०७५ मा पक्राउ गरेको थियो । चोरीको सोही हतियार बिक्री गरेको अभियोगमा सेनाले गैरसैनिक उदयपुर गाईघाटकी २८ वर्षीय तारा तामाङ र उदपुर चौदण्डी–९ का टाइचिन भनिने पवन गुरुङलाई पनि पक्राउ गरेको थियो ।

पक्राउमध्ये तारा र पवनको मुद्दा जिल्ला अदालत चितवनबाट चलेको थियो । सैनिक भएका कारण लवकुमार, सरोज र चुबीको मुद्दा भने समरी जनरल सैनिक अदालतमार्फत चलेको थियो ।

अभियोग प्रमाणित गर्दै सैनिक अदालतले १८ वैशाख ०७६ मा भविष्यमा सरकारी जागिरबाट समेत अयोग्य ठहर गर्दै लवकुमारलाई १० र सरोजलाई सात वर्षको कैद सजाय हुने फैसला गर्‍यो । चुबीलाई भने जागिरबाट बर्खास्त गर्ने फैसला गर्‍यो ।