भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले धामी परिवारलाई १० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
दार्चुलाको मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले तुइनको तार काटिँदिँदा धामी महाकालीमा बेपत्ता भएका थिए।