१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ १० बिहीबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद्को स्थिरताका लागि बाध्य भएर अध्यादेश ल्याउनुपर्‍यो : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार o८:५५:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्यात्मक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षड्यन्त्र भएको भन्दै पार्टीभित्रै चर्को आलोचना भइरहँदा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसद्को स्थिरताका लागि भएको जिकिर गरे । 

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुगेका मन्त्री कार्कीले ओली सरकार स्वार्थकेन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्क गर्दै  जारी अध्यादेश मुलुकको निकास र समृद्धिका लागि भएको बताए ।  

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुनेसमेत बताए । उनले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताए । मन्त्री कार्की कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुगेका थिए ।  

ad
ad
ad
ad