नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बिहीबार दिउँसो १२ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने सचिव शेरबहादुर तामाङले जानकारी दिए । माधवकुमार नेपाल नेतृत्वको दलले निर्वाचन आयोगबाट मान्यता पाएपछि पहिलोपटक एमालेकाे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठकले १०बुँदे कार्यान्वयन प्रस्तावसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने र पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे छलफल गर्ने तामाङले जानकारी दिए । बैठकबाट पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरूको कारबाही प्रक्रिया पनि अघि बढाउने उनले तामाङले बताए ।