१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Monday, 01 July, 2024
नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सारा ब्योसोलो नयन्थी र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १० बिहीबार o६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोभिडमा नेपाली निजी क्षेत्रको भूमिका प्रशंसनीय : राष्ट्र संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार o६:४६:oo

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सारा ब्योसोलो नयन्थीले कोभिड महामारीमा नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले प्रशंसनीय भूमिका निर्वाह गरेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग बुधबार भएको भेटमा उनले नेपाली निजी क्षेत्रसँग चुनौती बहन गर्न सक्ने क्षमता रहेको बताएकी हुन् । 

साराले राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडिजी) निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेको भन्दै अध्यक्ष गोल्छालाई सहयोग गर्न आग्रह गरिन् । नेपालको स्तरोन्नति र एसडिजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुन सक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण हुने उनको भनाइ थियो । 

भेटमा एसडिजीका लक्ष्यहरू पूरा गर्न राष्ट्र संघ र महासंघबीच सहकार्य र नेपाल न्यून विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका तथा कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्ने विषयमा छलफल भयो । महासंघ अध्यक्ष गोल्छाले महासंघको देशभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महत्वपूर्ण साझेदार हुन सक्ने बताए । 
 

ad
ad
ad
ad