१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Friday, 05 July, 2024
२o७८ भदौ १० बिहीबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

विदेशबाट फर्किएर ‘एग्रो रिसोर्ट’ सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार o६:३५:oo

गाउँमा ऋण–धन गरेर वैदेशिक रोजगारीका लागि जापान गएका युवा अहिले स्वदेशमै ‘एग्रो रिसोर्ट’ गरेर रमाइरहेका छन् । परिवारसहित जापानमा व्यवसाय गरेर ११ वर्ष बिताएका खड्क केसी अहिले गाउँ फर्किएर आफ्नै माटोमा रमाएका हुन् । बाग्लुङ नगरपालिका खहरेका ४८ वर्षीय केसीले गाउँमा करोडाैं लगानी गरेर अवसरको खोजी गरेका छन् ।

जापानमा रहँदा आफ्नै व्यवसाय सञ्चालन गरेका केसीदम्पती अहिले गाउँमा नै झन्डै साढे ४ करोड रुपैयाँको लगानीमा कृषि फर्मसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनले मध्यपहाडी लोकमार्गको छेउमै ‘केसी एकीकृत पशु विकास ब्रिडर फर्म तथा सिमलचौर खहरे एग्रो रिसोर्ट’को नामबाट व्यवसाय सञ्चालनमा ल्याएका हुन् । 

केसी भन्छन्, ‘जापानमा हुँदा कमाइ पनि राम्रै थियो । आफ्नै व्यवसाय सञ्चालन गरेका थियौँ ।’ बुबा बिरामी भएर गाउँ आएको र त्यसपछि फर्केर विदेश जान मन नलागेको उनको भनाइ छ । पहिलेदेखि नै गाउँमा नै केही गर्नुपर्छ भन्ने सोच भएकाले पनि विदेश नफर्किएको केसी बताउँछन् ।  नौ वर्षपहिले विदेशबाट फर्किएपछि ५० लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले ४ करोड ५० लाखभन्दा बढी पुगिसकेको उनको भनाइ छ । 

फर्म र रिसोर्टमा केसीको एकल लगानी छ । व्यवसाय सञ्चालन गर्नका लागि उनले कुनै सरकारी निकायबाट भने अनुदान ल्याएका छैनन् । सुरुको लगानीबाट आएको प्रतिफललाई हरेक वर्ष थप्दै अहिले करोडौँ पुर्‍याएको केसी बताउँछन् । ‘हाम्रो व्यवसायलाई अहिलेसम्म कहीँकतैबाट अनुदान आएको छैन । यसको खोजी पनि गरेका छैनौँ,’ केसीले भने, ‘बरु, बैंकबाट २ करोड रुपैयाँ ऋण निकालेर लगानी बढाएको हुँ, बाँकी सबै यहीँबाट भएको आम्दानीलाई थप गर्दै गएको छु ।’

अहिले नै प्रतिफलको आशाले भन्दा पनि दुई–तीन वर्षपछिको प्रतिफलको आशाले लगानी बढाएको उनको भनाइ छ । विदेशमा दुःख गरेर कमाएको पैसा अहिले यहाँ लगानी गरेको छु । संरचना बनाउँदा, बैंकको किस्ता तिर्दा र नयाँ–नयाँ व्यवसाय थप्दा कमाएको पैसाजति यतै खर्च भएको केसीले बताए ।

मौलिक स्वाद पाउने वातावरण
कृषि जोडिएकाले पशुपालन, तरकारी खेती, माछा, लोकल कुखुरालगायतको उत्पादनसहित रिसोर्ट पनि सञ्चालनमा ल्याएको केसीले बताए । फर्ममा लोकल र लेयर्स गरेर ३ हजार ५ सय कुखुरा छन् भने २ हजारजति माछाका भुराहरू राख्ने तयारी सुरु गरिएको छ । दूधका लागि गाई–भैँसी पाल्ने र मासुका लागि बाख्रा र कुखुरा हाँस, माछा पाल्ने साथै मौसमी तथा बेमौसमी तरकारी पनि यहीँ उत्पादन हुने गरेको छ ।

उत्पादन गरेका सबै वस्तुका लागि बजारको पनि समस्या नरहेको केसीको भनाइ छ । फर्म र रिसोर्टको संरचना अहिले २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमध्ये १२ रोपनी जग्गा आफ्नै छ भने १० रोपनीको वार्षिक ५० हजार भाडा तिरेर लिजमा लिएका छन् । 
 

ad
ad
ad
ad